९ पुस २०८२, बुधबार

स्थगित भएका क्याम्पसहरूमा चैत्र ३० मा निर्वाचन गर्ने विद्यार्थी संगठनबीच सहमति

प्रकाशित मिति :  6 April, 2023 10:23 am


काठमाडौँ । स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसहरूमा चैत ३० गते एकैपटक निर्वाचन गर्ने सहमति भएको छ।

संयुक्त विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै स्थगित भएका क्याम्पसहरुमा एकैपटक निर्वाचन गर्ने सहमति भएको बताएका हुन्।

चैत ५ गते विभिन्न कारणले मतदान हुन नसकेका क्याम्पसहरूमा चैत्र ३० गते निर्वाचन गर्ने सहमति भएको हो।

विद्यार्थी संगठनहरुले निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी पनि भएको विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन्।



प्रतिक्रिया दिनुहोस !