२७ मंसिर २०८२, शनिबार

सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

प्रकाशित मिति :  6 April, 2023 6:30 pm


काठमाडौं । दश दलीय सत्ता गठबन्धनले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सरकाररका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनले संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन÷विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सङ्घीयता कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूकोअन्त्य गरी समता, स्वतन्त्रता एवम्न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने विषयहरुलाई समेटेको छ ।

गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने साथै शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !