उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागु
प्रकाशित मिति : 7 April, 2023 8:43 am
काठमाडौँ । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका सह-सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यी ३ जिल्लामा आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने ।
निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था, लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ।








