२२ बैशाख २०८१, शनिबार

नेपाली सेनामा जागिर खुल्यो, पाइलटदेखि पूजारीसम्म माग

प्रकाशित मिति :  7 April, 2023 10:44 am


काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुलाएको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ।

शुक्रबार सूचना जारी गर्दै नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको हो।

सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, प्लम्बर, भेटेरीनरी, पूजारी, भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।

बिभिन्न पदमा आवेदन दिन इच्छुकले चैत्र २४ गतेदेखि २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय दिइएको छ। दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !