२७ मंसिर २०८२, शनिबार

दीगाे विकास लक्ष्य केन्द्रीय निर्देशक समितिकाे बैठक जारी

प्रकाशित मिति :  7 April, 2023 11:46 am


दीगाे विकास लक्ष्य केन्द्रीय निर्देशक समितिकाे बैठक सुरू भएकाे छ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बिहान १० बजेदेखि बैठक सुरू भएकाे हाे ।

बैठकमा नेपालले दीगाे विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासकाे समिक्षा, कार्यान्वयनकाे अवस्था, चुनाैतिलगायत भावी कार्ययाेजनाबारे छलफल हुने कार्यतालिका छ ।

बैठकमा राष्ट्रिय याेजना आयाेगका पदाधिकारीहरू, अर्थ मन्त्री,,सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरूकाे उपस्थिति रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !