५ पुस २०८२, शनिबार

सहकारीलाई संकटबाट जोगाउनु अहिलेको आवश्यकता : पूर्व अर्थमन्त्री पाण्डे

प्रकाशित मिति :  7 April, 2023 4:20 pm


काठमाडौँ । सहकारी संस्थाहरुलाई संकट हुनुबाट जोगाउनको लागि सम्बन्धित निकायहरूले ठोस् कदम चाल्न आवश्यक रहेको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताएका छन्।

राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुती गर्दै पाण्डेले वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरू प्रतिको विश्वसनियतामा सदस्य तथा आम नागरिकको ठूलो ह्रास आएको बताएका छन् ।

पाण्डेले ५८ प्रतिशत रोजगारी प्रदान गरेका संस्था जोखिममा पर्दा राज्यको अर्थतन्त्रमा ठूलो संकट आउने बताए । उनले भने,“देशभरका ७३ लाख मानिसहरू संग्लन भएको क्षेत्रमा समस्या आउनु भनेको सरकारले नै यसमा विशेष ध्यान नदिएको भन्रे बुझ्न सकिन्छ । त्यसकारण यसको नियमन गरेर यसको प्रयोग राष्ट्रिय आयआर्जन र हितको लागि प्रयोग गर्नुपर्ने अहिलेको आवश्यक छ ।’’

उनले राष्ट्रिय सहकारी महासंघ लगायत केन्द्रिय संघहरूबाट आफ्ना सदस्यहरूको वित्तीय कारोबारको पारदर्शिता कायम गर्न, कानूनको परिपालना गर्ने गराउन र आमनागरिक एवं सदस्यहरूलाई सहकारीप्रति विश्वास दिलाउन नियमक निकायहरूले विशेष पहल गर्न जरुरी रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !