९ पुस २०८२, बुधबार

पाटन क्याम्पसमा नेविसंघका बागी उम्मेदवार सुशील विष्टले जिते स्ववियु सभापति

प्रकाशित मिति :  9 April, 2023 7:54 am


काठमाडौँ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्।

शनिबार राति सकिएको मतगणनाको परिणामअनुसार विष्टले १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्। विष्टले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पाटनमा आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको चैत्र २५ गते गर्ने सहमति भएको थियो । पटक-पटक वार्ता हुदाँ पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।



प्रतिक्रिया दिनुहोस !