रास्वपा सांसद अडियो प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणको छानविन गर्न नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङले माग गरेका हुन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर सांसद गुरुङले सांसद श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन २ करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् ।
“प्रतिनिधि सभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो गफगाफमा लाग्छ। त्यो पारदर्शी ढंगले गफगाफ गरेको देखिन्छ। यो भन्दा लज्जाबोध के हुनसक्छ सभामुख महोदय, अनि सुन्छु मैले( दुधको साक्षी बिरालो बसेको पनि यहीँ सुन्दैछु। यो भन्दा बिडम्बना के हुनसक्छ ? ” उनले भने।
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन त्यसबारे सत्तारुढ दलका नेतारूले संसदलाई जवाफ दिनुपर्ने उनको माग छ ।








