२० बैशाख २०८१, बिहिबार

कृषि ज्ञान केन्द्रेले भुक्तानी नदिएको भन्दै रोल्पाका कृषक आन्दोलनमा

प्रकाशित मिति :  11 April, 2023 8:00 am


उमा केसी-

रोल्पा । रोल्पाका कृषकहरुरू आन्दोलित भएका छन् । कृषि ज्ञानकेन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै रोल्पाका कृषकहरू आन्दोलित भएका हुन ।

रकम भुक्तानी नपाए पछि पिडित किसानले कृषि ज्ञानकेन्द्र रोल्पामा ताला लगाएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा सम्झौता भई काम सम्पन्न भएपनि रकम अझै सम्म भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

कृषि ज्ञान केन्द्र रोल्पावाट अघिल्लो आर्थिक वर्षमा ३ करोड २५ लाख ५९ हजार रुपैयाँ कृषकलाई भुक्तानी दिन बाँकी थियो ।

बाँकी रहेको उक्त रकम मध्ये लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिएपनि संघीय सरकारवाट १ करोड ५७ लाख ९ हजार रुपैयाँ भुक्तानी दिन वाँकी रहेको आन्दोलनरत कृषकहरूको भनाई छ ।

चालु आर्थिक वर्ष सकिन लाग्दा समेत अघिल्लो वर्षको रकम भुक्तानी दिन कुनै तत्परता नदेखाए पछि आफुहरू आन्दोलनमा उत्रन वाध्यभएको कृषक त्रिपनी वैजाली मगरको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्तरगत १२ वटा व्लकको र ६ वटा प्राङगारिक प्रवद्र्धन कार्यक्रमको रकम कृषकले भुक्तानी पाउन बाँकी छ ।

रकम भुक्तानी नपाएपछि पिडित किसानहरूले कृषि ज्ञानकेन्द्र रोल्पामा ताला लगाएका थिए । कृषकको रकम भुक्तानीका लागि आफुहरू सबै निकायमा पुगेको तर भुक्तानी प्रकृयामा उदासिनता देखाउँदा ाला लगाउन बाध्य भएको संघर्ष समितिको संयोजक रहेकी त्रिपनी वैजाली मगरले जानकारी दिइन् ।

संघीय सरकारको कृषिमन्त्रालय, अर्थमन्त्रालय,प्रधानमन्त्री आधुनिक कृषि परियोजना लगायतका विभिन्न निकाय माध्यानाकर्षण तथा ज्ञापन पत्रवुझाए पनि सुनुवाई भएन वैजाली मगरले भन्नुभयो ।

आफुहरूको माग प्रति राजनैतिकदलहरु प्नि उदासिन रहेको कृषकहरुले गुनासो गरे । संझौता अनुसार काम गर्न लगाउने तर भुक्तानी नदिने कृषि ज्ञान केन्द्र रोल्पाको प्रवृत्तीले किसानहरु पिडित भएको अर्का कृषक टिकाराम नेपालीको भनाई छ ।

कृषकहरुले चार बुँदे मागपत्र सहितआन्दोलन घोषणा गरेका हुन् । उनीहरुले आर्थिक वर्ष २०७८/०७९ मा आफुहरुले पाउनुपर्ने रकम यथासिघ्र पाउनु पर्ने, भुक्तानीमा लापरवाही गर्ने कर्मचारी माथि कारवाहीहुनुपर्ने, लामो समय देखी रिक्त रहेको कृषि ज्ञान केन्द्र रोल्पाको कार्यालय प्रमुख यथासिघ्र पठाउनु पर्ने र कृषकहरुको रकम भुक्तानी नभएसम्मको अवधिको क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन ।

आन्दोलनरत कृषक प्रतिनिधि र कृषि ज्ञानकेन्द्र रोल्पाका प्रतिनिधिहरु वीच जिल्लाप्रहरी कार्यालयमा भएको छलफल पछि तालाखोलिएको भएपनि माग पुरा नभएसम्म आन्दोलनका अन्यकार्यक्रम जारी रहने आन्दोलनरत कृषकहरुको भनाई छ ।

कृषि ज्ञान केन्द्र रोल्पामा लामो समय देखी कार्यालय प्रमुख छैनन । तत्कालिन कार्यालय प्रमुख राहुल पाण्डे सरुवा भएपछि आएका अरविन्दमणी त्रिपाठी समेत कार्यालयमा अनुपस्थित भएपछि कृषि ज्ञानकेन्द्र लामो समय देखीकार्यालय प्रमुखविहिन भएको हो ।



प्रतिक्रिया दिनुहोस !