९ पुस २०८२, बुधबार

रास्वपा सांसद ढाकाकुमारको दोस्रो अडिओ टेप पनि सार्वजनिक

प्रकाशित मिति :  11 April, 2023 8:39 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको दोस्रो अडिओ टेप पनि सार्वजनिक भएको छ।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार राति उनको अर्को अडियो टेप सार्वजनिक भएको हो।

दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ भएको बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ ।

अडियोमा ढाकाका भाइ बताउने व्यक्तिले र दुर्गा प्रसाईँसँगको संम्वादमा भनेका छन् “पार्टीले अब कारबाही गर्ने भयो क्यारे । दाइको त अब साधारण सदस्य पनि नहुने, सांसद पनि जाने भयो। दाईले तपाईलाई भेटन खोज्नु भएको छ । तपाई कताँ हुनुहुन्छ” अडियोमा सुनिन्छ । दुर्गा प्रसाईँले आफु विरगंजमा रहेको र बेलुका भेट्ने बताएका छन् ।

अडियोको दोस्रो भागमा ढाकाकुमार र दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमबीच फोन संम्वाद गरेका छन । पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ।



प्रतिक्रिया दिनुहोस !