ढाकाको ‘भाइरल’ अडियोबारे छलफल गर्न रास्वपाको बैठक बस्दै
प्रकाशित मिति : 11 April, 2023 9:46 am
काठमाडौँ । ढाकाकुमार श्रेष्ठको ‘भाइरल’ अडियोबारे छलफल गर्न रास्वपाको अनुशासन आयोगको बैठक बस्ने भएको छ।
आइतबार सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको ‘भाइरल’ अडियो र सोमबार राति दोस्रो अडियो पनि सार्वजनिक भएपछि सो अडियोबारे छलफल गर्न आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्न लागेको हो।
सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्र्वजनिक भएपछि स्वपाले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ । अडियोबारे बैठकले निर्णय गरी केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ। ढाका कुमारले दुर्गा प्रसाईँसँगको अडियो आफ्नो नभएको र दुर्गासँग आफ्नो कुनै सम्पर्क नभएको र राम्रो चिनजान पनि नभएको जिकिर गर्दै आएका छन्।








