रास्वपाको केन्द्रीय समिति बैठक २ बजेका लागि सर्यो
प्रकाशित मिति : 12 April, 2023 9:03 am
काठमाडौँ । आज बिहान ९ बजेका लागि बोलाइएको रास्वपाको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
रास्वपा महामन्त्री मुकुल ढकालले पार्टीका नेताहरु चुनावी अभियानमा उपत्यका बाहिर रहेकोले बैठक ५ घण्टा पछि सारिएको बताएका छन् ।
स्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएपछि बैठक बस्न लागेको हो ।
श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको छ। मंगलबार रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग अडिओबारे बयानसमेत लिइसकेको छ।
बयानका क्रममा श्रेष्ठले अडिओ आफ्नो नभएको दाबी गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका थिए।








