९ पुस २०८२, बुधबार

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

प्रकाशित मिति :  12 April, 2023 10:06 am


काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय सचिवालयले जनाएको छ।

त्यस्तै सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !