५ जेष्ठ २०८१, शनिबार

लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय

प्रकाशित मिति :  14 April, 2020 3:25 pm


काठमाडाैं, २ वैशाख ।

सरकारले चैत ११ गतेदेखि जारी लकडाउन बैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आज बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरका कारण सरकारले पहिलोपटक चैत ११ गते लकडाउनको घोषणा गरेको थियो ।

नेपालका कोरोणा संक्रमितहरु भेटिने क्रम नरोकिएपछि सरकारले बैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालमा अहिलेसम्म् १६ जनामा कोरोना भइरससंक्रमित भेटिईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !