९ पुस २०८२, बुधबार

सरकारसँगको वार्ता भंग भएको मिटरब्याज पीडितको घोषणा, आन्दोलनलाई निरन्तरता दिने

प्रकाशित मिति :  13 April, 2023 5:50 pm


काठमाडाैँ । मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए ।

“मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले पाँच दिन वार्ता बस्यौँ । उहाँहरू ६ बुँदे मागप्रति सकारात्मक हुनुभएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं” उनले भने ।

प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले वास्ता नगरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !