९ पुस २०८२, बुधबार

अखिल नेपाल किसान महासंघको अध्यक्षमा दंगाल पुनः चयन,महासचिवमा बाबुराम थापा

प्रकाशित मिति :  15 April, 2023 7:08 pm


काठमाडौं । अखिल नेपाल किसान महासंघको अध्यक्षमा डा. प्रेम दंगाल पुनः चयन भएका छन् ।

झापामा भएको महासंघको सातौं महासम्मेलनबाट दंगाल पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

महासम्मेलनले उपाध्यक्षमा खडकबहादुर खडका, रामशरण आलेमगर, सूर्यबहादुर शाही, बनुप्रसाद शिवाकोटी र राजकुमार उप्रेतीलाई चयन गरेको छ ।

महासंघको महासचिवमा बाबुराम थापा चयन भएका छन् । उपमहासचिवमा सरिता भुसाल र प्रेमनारायण अधिकारी चयन भएका छन् ।

महासम्मेलनबाट सचिवमा कोशी प्रदेशबाट बिश्वनाथ बराल, मधेश प्रदेशबाट उमेशप्रसाद गुप्ता, बागमतिबाट कृष्ण अधिकारी, गण्डकीबाट बेगप्रसाद गर्बुजा, लुम्बिनीबाट आरती पौडेल, कर्णालीबाट टेकबहादुर बोगटी र सुदुरपश्चिम प्रदेशबाट ताराकुमारी कार्की (खाती) चयन भएका छन् । कोषाध्यक्षमा सरस्वती बाटी चयन भएकी छन् ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको नामावली :



प्रतिक्रिया दिनुहोस !