प्रतिनिधिसभाको बैठक बस्दै
प्रकाशित मिति : 16 April, 2023 7:28 am
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बैठक बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिने कार्यसूची रहेको छ।
त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गरिनेछ ।








