९ पुस २०८२, बुधबार

परराष्ट्रमन्त्रीमा एनपी साउद, दिउँसो ३ बजे शपथ लिँदै

प्रकाशित मिति :  16 April, 2023 7:50 am


काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको देउवा सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । परराष्ट्र मन्त्रीमा नेपाली कांग्रेसका एनपी साउदले आज ३ बजे शपथ ग्नहण गर्ने तयारी रहेको देउवाको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसलाई ८ मन्त्रालय परेकोमा थियो । यसअघि प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनिसकेका छन्। बाँकी रहेको मन्त्रीको नाम भने उपनिर्वाचनपछि पठाइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !