५ जेष्ठ २०८१, शनिबार

काठमाडौँ विश्वकै प्रदुषित सहर

प्रकाशित मिति :  16 April, 2023 11:38 am


काठमाडौँ । एअर क्वालिटी इन्डेक्सका अनसुसार काठमाडौँ विश्वका वायु प्रदुषित सहरको पहिलो स्थानमा परेको छ।

एअर क्वालिटी इन्डेक्स (एक्युआइ)को मापन अनुसार आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो स्थानमा परेको हो ।

काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ रहेको छ । एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ। त्यस्तै बंगलादेशको ढाका तेस्रो, भारतको दिल्ली चौथो, भारतकै कलकता पाँचौँ र छैटौँ नम्बरमा पाकिस्तानको लाहोर सहर रहेको छ।



प्रतिक्रिया दिनुहोस !