राज्यमन्त्रीमा नन्दा चपाईंलाई पठाउने नेकपा समाजवादीको निर्णय
प्रकाशित मिति : 16 April, 2023 3:02 pm
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई पठाउने भएको छ ।
प्रधानमन्त्री आज आइतबार हुने मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
खतिवडाले भने ‘हाम्रो पार्टीको भागमा परेको भौतिक मन्त्रालयमा राज्यमन्त्री पनि पठाउने कुरा भएकोले आजै नन्दाजीले शपथ लिने तयारी छ ’
यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् । चपाईं राष्ट्रिय सभा सदस्य हुन् ।








