९ पुस २०८२, बुधबार

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड, देउवा बालकोट पुगे

प्रकाशित मिति :  17 April, 2023 12:10 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनि सभामुख देवराज घिमिरे बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेको हुनाले छलफलको लागि बालकोट नै पुगेका प्रधानमन्त्रीका प्रेस संयोजक मनोहरी तिमिल्सिनाले बताए ।

उक्त भेटमा नेताहरूले संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने तिमिल्सिनाले जानकारी दिए ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा छन् ।



प्रतिक्रिया दिनुहोस !