टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगइ अघि बढ्दैनः सचेतक बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन् । सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले नेकपा एमाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुंगोमा पु¥याउनुपर्छ भन्ने पक्षमा रहेको र अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा रहेको बताए । उनले भने संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको र विधेयकमा रहेका कतिपय कन्टेनहरुमा विस्तृत छलफल गर्न आवश्यक रहेको छ त्यसैले । एक महिनाको समय लिएर भएपनि परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्दछ।
उनले आजको बैठकको निस्कर्ष दलहरुकाबीचमा समझदारी गरेर अघि बढ्ने, सहमतिकासाथ अघि बढ्ने भन्ने सन्दर्भमा केन्द्रित रहेकाे जानकारी दिए ।
नेकपा एमालेले प्रधानन्यायाधीशबिहीन सर्वोच्च अदालत भएकाले अविलम्व प्रधनन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने कुरा राखेको बर्तौलाले बताए ।
सचेतक बर्तौलाका अनुसार आजको बैठकमा प्रमुख तीन राजनीतिक दलहरुका बीचमा संसदीय गतिविधिमा सहमति गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।








