५ जेष्ठ २०८१, शनिबार

कोरोना : विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्ने अमेरीकी घोषणा, विश्वभर संख्या १ लाख २५ हजारको मृत्यु

प्रकाशित मिति :  15 April, 2020 7:32 am


काठमाण्डौं, ३ बैशाख।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)लाई दिइने अनुदान बन्द गर्ने निर्णय गरेका छन् ।

कोरोना भाइरस रोक्न असफल भएको आरोप लगाउदै राष्ट्रपति विश्व स्वास्थ्य संगठनलाई दिने कोषको रकम बन्द गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएका हुन् ।

ट्रम्पले चीनमा कोरोना भाइरसको प्रारम्भिक चरणमै डब्लुएचओ असफल भएपनि यसले आफ्नो वास्तविक अनुहार लुकाईरहेको टिप्पणी समेत गरेका छन् ।

उनले डब्लुएचओलाई जिम्मेवार बनाउन आवश्यक रहेको भन्दै चीन परस्तको अरोप समेत लगाएका छन् ।

अमेरीकाले डब्लुएचओलाई सबैभन्दा बढी रकम दिने गर्दछ । पछिल्लो बर्षमात्रै अमेरीकाले ४० करोड डलर दिएको थियो ।

राष्ट्रपतिले भनेका छन् कि कोरोना भाइरसको संक्रमण रोक्न डब्लुएचओको भूमिका के थियो भन्नेबारेमा समिक्षा हुने छ । विश्व कोरोना भाइरसको चपेटामा परेका बेला ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिने अनुदान रोक्ने घोषणा गरेका हुन् ।

अमेरीकाले ४० देखि ५० करोड डलर दिदै आएकोमा चीनले भने चार करोड डलर मात्रै अनुदान दिने गरेको छ ।

अमेरीकी राष्ट्रपति ट्रम्पको भनाई छ की यदि विश्व स्वास्थ्य संगठनले चीन पुगेर वास्तविकता बुझेको भए धेरै कुरा थाहा हुने र अहिलेको जस्तो भयावह स्थिति आउने थिएन ।

यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीन नजिक रहेको आरोप लगाएपछि संगठनका प्रमुखले कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

अमेरीकामा मर्नेको संख्यामा निरन्तर बृद्धी

अमेरीकामा कोरोना भाइरसको संख्याका कारण मृत्यु हुनेको संख्या २५ हजारभन्दा माथी पुगेको छ । अहिलेसम्म २५ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २१ ह्जार १ सय २९ जनाको मृत्यु भएको छ जुन अहिलेसम्म एकै दिनमा मृत्यु भएको सबैभन्दा धेरै तथ्याङ्क हो ।

संक्रमितको संख्या ६ लाख ५ हजार पुगेको छ । विश्वभर मृतकको संख्या १ लाख २५ हजार पुगेको छ भने संक्रमितको संख्या २० लाख नजिक पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !