९ पुस २०८२, बुधबार

अर्थमन्त्री महत र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

प्रकाशित मिति :  18 April, 2023 8:20 am


काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतको प्रतिनिधि मण्डलले अर्थमन्त्री महतसँग भेटवार्ता गरेको हो ।

भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताका बारेमा छलफल भएको थियो । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाको बारेमा चासो राखेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !