९ पुस २०८२, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  18 April, 2023 8:43 am


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !