२९ मंसिर २०८२, सोमबार

मेयर बालेन शाहविरुद्धको रिटको सुनुवाइ कामु प्रधानन्याधिशको इजलासमा

प्रकाशित मिति :  18 April, 2023 11:54 am


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ ।

मेयर शाहविरुद्धको मुद्दा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको हो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !