२० बैशाख २०८१, बिहिबार

कृषिको प्राथमिक उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी रोक्न
अखिल नेपाल किसान महासंघको माग

प्रकाशित मिति :  18 April, 2023 3:50 pm


काठमाडौँ । अखिल नेपाल किसान महासंघले संघले कृषिको प्राथमिक उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रोक्न गर्न माग गरेको छ ।

अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन र दक्षिण एसियाको किसान आन्दोलनको कार्यदिशाबारे काठमाडाैँमा पत्रकार सम्मेलन गर्दौ महासंघका अध्यक्ष डा.प्रेम दंगालले भने, “एफडीआईलाई नरोक्दा उनीहरूको उत्पादनले बजार कब्जा गर्ने र नेपालका साना उत्पादकहरूको दैनिक जीवन नै जोखिममा पर्ने देखिन्छ । त्यसकारण यसलाई रोक्नको लागि महासंघको तर्फबाट दबाब दिने छौं ।’’

सरकारले नीति तथा कार्यक्रमहरू ल्याउँदा किसानका समस्यादेखि मागहरूलाई सम्बोधन गर्ने कार्यक्रमहरू ल्याउन सरकारलाई पटकपटक साथ दिएको दंगालले बताए ।

उनका अनुसार विगत केही समय अघि सरकारले रासायनिक मलमा दिने अनुदान कटौति गर्नेको निर्णयलाई महासंघकाे आन्दोलनले बाध्य भएर उक्त अनुदान कटौति फिर्ता लिएकाे छ । महासंघले मिटरब्याज पीडित किसानको माग सम्बोधन गर्न सरकारलाई पटक पटक दबाब दिदैँ आएको जनाएकाे छ ।

देशभरका मिटरब्याज पिडितको माग सम्बोधन गर्न र कृषि अनुदान वितरण गर्दा सम्बन्धित किसानको पहुँचमा पुर्‍याउनका लागि विगतदेखि नै महासंघले पहल गर्दै आएको अध्यक्ष दंगालले बताए । ।

उनले भने, “कृषिको लागि अनुदान आवश्यक रहेको छ । तर विगतदेखि नै असली किसानको बिचमा अनुदान नपुगेकाले यसलाई प्रभावकारी बनाउनको लागि महासंघले उत्पादनमा आधारित रहेर अनुदान दिने निति ल्याउन सरकारलाई दबाब दिएका छाैं । ’’

अध्यक्ष दंगालले गत साल भएको बेमौसमी वर्षका कारण किसानको बालीमा भएको क्षतिको राहात प्रदान गर्नको लागि सरकारलाई आफूहरूले नै दबाब दिदाँ उक्त माग पूरा भएको बताए ।

अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महाधिवेशन चैत्र ३० देखि बैशाख २ गतेसम्म झापाको दमकमा सम्पन्र भएको थियो ।



प्रतिक्रिया दिनुहोस !