९ पुस २०८२, बुधबार

सुरक्षा निकायलाई राजनीतिक दबाव र चलखेलबाट मुक्त बनाउँछु : मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  18 April, 2023 4:52 pm


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाएका छन् ।

गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षा निकाय र गृह प्रशासनमा कुनैपनि शक्ति केन्द्र वा कुनैपनि राजनीतिक दबावबाट मुक्त हुनुपर्ने बताए । उनले सुरक्षा निकायमा हुने विचौलियाको भुमिकालाई शुन्यमा झारिने बताएका छन् ।

मन्त्री श्रेष्ठले सुरक्षा निकायमा काम गर्नेहरूको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै दबाव रहीत प्रणाली स्थापित गर्नुका साथै निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने बताए । 

उनले भने, “देशको अहिलेको एउटा गम्भीर प्रश्न राजनीतिको सफाई अभियान हो । राजनीति सफा नगरिकन राजनीतिले देशको परिवर्तन गर्न सक्दैन भन्ने कुरामा म अहिले प्रतिबद्ध छु । ठूलाबडा, सम्पन्न, धनीमानी, पहुँच भएका शक्तिकेन्द्रमा जानसक्नेहरूको कुरा सुन्ने, तिनीहरूले भेटघाट पाउने तर गरिव, असहाय जनसाधारणले सम्पर्क गर्न पनि नपाउने स्थितिको फेरबदल गर्नुपर्छ । सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राखिनेछ।”



प्रतिक्रिया दिनुहोस !