९ पुस २०८२, बुधबार

रविप्रति घनश्याम भुसालको कटाक्षः ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेका छन्

प्रकाशित मिति :  19 April, 2023 3:09 pm


नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् ।

बुधवार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।

उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए । उनले ‘भने ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको छ ।’

उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट शुरु भएको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए । उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिष्पर्धा हुँदा नराम्राहरुले जित्ने बताए। 



प्रतिक्रिया दिनुहोस !