९ पुस २०८२, बुधबार

उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध

प्रकाशित मिति :  20 April, 2023 11:53 am


Election commission

काठमाडौँ । वैशाख १० गते तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

प्रतिनिधिसभामा ३ पद रिक्त भएपछि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने भएको हो ।

निर्वाचन आचार संहिता अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।

सो अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !