कर्णाली प्रदेशमा नेपाली कांग्रेसका ३ मन्त्रीले लिए सपथ
प्रकाशित मिति : 20 April, 2023 3:10 pm
काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । बिहीबार नेपाली कांग्रेसका मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए ।
नवनियुक्त मन्त्रीमध्ये सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास मन्त्रालय र बिसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले पनि आज ऊर्जामन्त्रीको रूपमा आज शपथ लिएकी छन् ।








