९ पुस २०८२, बुधबार

मुलुकको अर्थतन्त्रमा गम्भिर संकट छैनः गृहमन्त्री

प्रकाशित मिति :  21 April, 2023 3:50 pm


काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भिर संकटमा नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भिर संकटमा नभएको बताएका हुन्।

उनले सरकारले तत्कालिन समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए । उनले सरकारले  अर्थतन्त्रमा देखापरेका तत्कालिन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए ।

उनले भने ,‘सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल अर्थतन्त्रमा देखापरेका समस्या समाधान गरी मुलुकको समृद्धिको यात्रा तय गर्नु हो । त्यसैले सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’

गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाइ चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए।

उनले सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।उनले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताए । उनले अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने विश्वास व्यक्त गरे । 
गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताउनु भयो । 



प्रतिक्रिया दिनुहोस !