१ पुस २०८२, मंगलबार

पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

प्रकाशित मिति :  21 April, 2023 4:34 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !