सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठसहित)
प्रकाशित मिति : 21 April, 2023 5:13 pm
काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौँ महानगरपालिकालाई आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए ।
मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।











