९ पुस २०८२, बुधबार

राजनीतिमा विकृतिको भारी छः अध्यक्ष नेपाल

प्रकाशित मिति :  22 April, 2023 3:00 pm


बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता नेपाले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे । कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको र सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको पनि बताए।

उनले अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरे । उहाँले कसरी असल संस्कार भएका कम्युनिष्ट बन्ने भन्नेबारेमा वृहत छलफल र वहस गर्न जरुरी रहेको बताए । अध्यक्ष नेपालले सच्चा कम्युनिष्टहरू एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर गरे ।

अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरु विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ । अरुलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरु सबैलाई बडो अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त छ,” उनले भने, “यी सबै कुराको सन्दर्भमा हामी कसरी असल संस्कार भएका कम्युनिष्ट हुनसक्छौँ, असल भावना भएका कम्युनिष्ट हुनसक्छौँ ? कस्तो किसिमको आदर्शलाई हामी अंगकिार गर्न चाहन्छौँ, यी सबैमा खुला वहस गर्न आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस !