९ पुस २०८२, बुधबार

आज बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुदैँ, ७ बजेदेखि मतदान

प्रकाशित मिति :  23 April, 2023 6:46 am


Election commission

काठमाडौँ । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ रिक्त रहेको यी तीन निर्वाचन क्षेत्रमा आज उपनिर्वाचनका लागि आज मतदान हुँदैछ ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो।



प्रतिक्रिया दिनुहोस !