आज १७ औँ लोकतन्त्र दिवस मनाइँदै
काठमाडौँ । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदैछ । वि .सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे ।
वि.सं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।
वि.स २०६३ वैशाख ११ गते राति तत्कालिन राजा ज्ञानेन्द्रले संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकार प्रधानमन्त्रीलाई दियो ।
आन्दोलनमा कमाण्डर नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन गराएको थियो । यसैले वि.स २०६४ देखि हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउन थालियो ।








