९ पुस २०८२, बुधबार

आज लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिंदै

प्रकाशित मिति :  24 April, 2023 8:38 am


काठमाडौँ । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिँदै छन् । सोमबार बिहान ११ बजे विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई माओवादी केन्द्र लगायतका दलले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !