उपनिर्वाचन: चितवनमा सर्वदलीय बैठक जारी
प्रकाशित मिति : 24 April, 2023 10:11 am
चितवन । चितवनमा आईतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक जारी रहेको छ ।
बिहान ८ बजेका लागि बोलाइएको बैठक करिब २ घण्टा ढिला सुरु भएको हो । सर्वदलीय बैठक आईतबार राति बस्ने भनिए पनि प्रमुख जिल्ला अधिकारी उपस्थित हुन नसकेपछि सोमबारका लागि बैठक सारिएको थियो ।
स्वपाका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रचार गरेको आरोपमा कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीको संरक्षणमा रास्वपाका उम्मेदवारले आचार संहिता उल्लङ्घन गरेको आरोपमा लगाएका छन् ।








