९ पुस २०८२, बुधबार

तनहुँमा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

प्रकाशित मिति :  24 April, 2023 10:32 am


काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् । १८ हजार ६६१ मत गणना हुदाँ वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका हुन ।

त्यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन् ।

मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ।



प्रतिक्रिया दिनुहोस !