१ पुस २०८२, मंगलबार

बारा २ मा मतगणना सुरू

प्रकाशित मिति :  24 April, 2023 1:14 pm


काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सर्वदलीय बैठकपछि दलहरूकै सहमतिमा मतगणना सुरू भएको हो ।

बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल, नेकपा एमालेका पुरूषोत्तम पौडेल र आम जनता पार्टीबाट अरूण ज्ञवाली उम्मेदवार छन्।

तनहुँ क्षेत्र नम्बर १ बाहेक चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको थिएन। चितवनमा दिउँसो १ बजेदेखि मतगणना गर्ने तयारी छ।



प्रतिक्रिया दिनुहोस !