बारा २ मा उपेन्द्र यादवको सुरूआती अग्रता, कसको मत कति ?
प्रकाशित मिति : 24 April, 2023 2:06 pm
काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
मतपरिणाम अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन्।
त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवले १७० मत पाएका छन्। नेकपा एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।
हालसम्म ६७० मत गणना भएको छ ।








