९ पुस २०८२, बुधबार

तनहुँ १ मा स्वर्णिम अघिअघि, भट्टराई र खनाल पछाडि

प्रकाशित मिति :  24 April, 2023 2:53 pm


काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम नै रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ९९९ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा ६३ हजार सात सय ५७ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !