२७ बैशाख २०८१, बिहिबार

काठमाडौँबाट उड्ने वित्तिकै इन्जिनमा आगो देखिएको फ्लाई दुबईको जहाज गन्तब्यतर्फ, अवस्था सामान्य

प्रकाशित मिति :  24 April, 2023 10:11 pm


काठमाडौँ । काठमाडौँबाट उडेको फ्लाई दुबईको जहाज गन्त्यब्यतर्फ लागेको छ ।

९ बजेर २० मिनेटमा उड्ने वित्तिकै ठूलो आवाजसहित आगो देखिएको थियो । जहाजले तत्कालै आपतकालीन अवस्था घोषणा गरेकोमा अहिले अवस्था सामान्य रहेको भन्दै गन्तब्यमा लाग्ने जानकारी गराएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जनाएका छन् ।

जहाजले अवस्था सामान्य रहेको भन्दै गन्तब्यतर्फ लागेको जानकारी गराएको छ । पाइलटले केहीबेर होल्ड गरेर आपतकालीन अवतरण गराउने बताए पनि पछि अवस्था सामान्य रहेको जानकारी गराएर गन्तब्यतर्फ लागेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !