९ पुस २०८२, बुधबार

चितवनमा रवि ३२ हजार मतले अगाडि

प्रकाशित मिति :  25 April, 2023 7:35 am


चितवन । क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार बढी मत पाएका छन् । ५६ हजार चार सय ९६ मतगणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका हुन ।

उनी ३२ हजार ६०२ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ मत पाएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !