९ पुस २०८२, बुधबार

बारामा उपेन्द्र यादवले कटाए १० हजार मत

प्रकाशित मिति :  25 April, 2023 8:07 am


बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले १० हजार बढी मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १० हजार १९९ मत प्राप्त गरेका हुन् ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६ हजार ८०६ मत ल्याएका छन् । एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ४५१ मत ल्याएका छन् भने आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५९२ मत ल्याएका छन्।

बारा क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख गत १० गते बारा २ मा उपनिर्वाचन भएको हो।



प्रतिक्रिया दिनुहोस !