१ पुस २०८२, मंगलबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

प्रकाशित मिति :  25 April, 2023 11:49 am


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले जीत निश्चित भएपछि संचारकर्मीसँग लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताए ।

लामिछानेले स्थिरता नै कायम होस् भन्ने चाहेर नै सरकारलाई दिएको समर्थन कायम राखेको उल्लेख गर्दै आफूहरु नयाँ सरकार बनाउने खेलमा नलाग्ने प्रष्ट पारे।

लामिछानेले भने ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन र सरकारमा जाने त सम्भावनै छैन ।’

सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।

निर्वाचनको बेला यसलाई जितादिनुहोस् हामी मन्त्री बनाइदिन्छौं भन्नु लोकतन्त्रको भद्दा मजाक भएको सभापति लामिछानेले बताए ।



प्रतिक्रिया दिनुहोस !