सुनको पिर्कामा बसेर राज्ले अन्य मुलुकसँग हात फैलायो : धनराज गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका सासंद धनराज गुरुङले सुनको पिर्कामा बसेर राज्ले अन्य मुलुकसँग हात फैलाएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले नेपालमा सुनदेखि युरेनीअमसम्म बहुमुल्य वस्तुहरू रहँदा पनि त्यसको उपयोग गरेर राज्यको अर्थतन्त्रलाई उकास्न भन्दा पनि अन्य मुलुकसँग हात फिजाउने विषयलाई प्रथामिकता दिएको बताएका हुन् ।
“दोस्रो विश्वयुद्धको कारण विनास भएको जापनाले खरानीको बदलामा खरानी हुने सोच राखेन । उनीहरूले विनासको बदलामा विकास रोज्यो र आज धेरै माथि पुगेको छ । त्यसकारण हामीले सत्ता पक्ष र प्रतिपक्षको भाव राखेर होइन मिलेर आर्थिक महासंकट टार्न काम गर्नुपर्छ ।’’ उनले भने, “हामीले समस्याको बारेमा गुनासो गर्दै अरूको थाप्लोमा दोष थुप्राउनु भन्दा पनि समस्याको समाधानतर्फ लाग्न आवश्यक रहेको छ ।’’
गुरुङले लामो समयदेखि नेपालमा करप्सन भाइरसले जरो गाडेर बसेको बताएका छन् । उनले भने, “केही समय अघि आएको कोरोना भाइरसले १२ हजार २७ जनाको ज्यान लिएको थियो, तर यो करप्सन भाइरसले तीन करोडको ज्यान लिने भयो ।’’
गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।








