रोल्पा प्रदेश सभा (ख) को उम्मेदवार बनेका पुनको चुनावी खर्च रु.६ लाख १७ हजार
प्रकाशित मिति : 25 April, 2023 4:05 pm
काठमाडौँ । गत मङ्सिरमा रोल्पा प्रदेशसभा (ख) का उम्मेदवार बनेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनाव खर्च सार्वजनिक गरेका छन् ।
पुनले चुनावको क्रममा ६ लाख १७ हजार १ सय ६५ खर्च विवरण पेश गरेका हुन् । पुनले पेश गरेको चुनावी खर्चमा सवारी साधनमा ४ लाख १२ हजार ५ सय प्रचार सामाग्रीमा ३८ हजार २ सय ५० रुपैयाँ खर्च भएको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय रोल्पामा पुनले पेश गरेको चुनावी खर्च विवरणमा खाजा,खाना र कार्यकर्ता परिचालनमा १ लाख २९ हजार १ सय ६५ र नमुना मतपत्र खरिदमा ३७ हजार २ सय ५० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
पुन नेकपा नेकपा(माओवादी केन्द्र)सहितको गठबन्धनका साझा उम्मेदवार थिए । उनी माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्रकुमार पुनसँग पराजित भएका थिए ।








