९ पुस २०८२, बुधबार

रोल्पा प्रदेश सभा (क)मा उम्मेदवार बनेका महराको चुनावी खर्च रू. १० लाख ८६ हजार

प्रकाशित मिति :  25 April, 2023 4:16 pm


काठमाडौँ । गत मङ्सिरमा भएको चुनावमा रोल्पा प्रदेश सभा (क)मा उम्मेदवार बनेका जोखबहादुर महराले चुनावका क्रममा १० लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

उनले पेश गरेको चुनावी खर्च विवरणमा सबैभन्दा बढी खर्च सवारी साधनमा ५ लाख ५० हजार भएको छ ।

त्यस्तै प्रचार प्रसारमा १ लाख ६५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १ लाख ८० हजार, कार्यालय सञ्चालनमा २ लाख ५० हजार गरी १० लाख ८६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । महरा चुनावमा विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !